प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच सिंहदरबारमा बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने भएको हो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालका अनुसार, बैठकको एजेन्डा मुख्यतः हालको राजनीतिक अवस्था र सहमतिको सम्भावना जस्ता विषयमा केन्द्रित रहनेछ।

उनका अनुसार बैठक सुरुमा बुधबारका लागि तय गरिएको भए पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेका कारण आजका लागि सारिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै