कांग्रेस-एमाले शीर्ष बैठक: संसद्को गतिरोध अन्त्य र विधेयक टुंग्याउनेबारे छलफल

प्रधानमन्त्री ओलीको बालुवाटार निवासमा सम्पन्न बैठकमा आरजु राणा र दीपक खड्कासहित प्रमुख नेताहरूको सहभागिता

काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सम्पन्न भएको छ। यो बैठकमा वर्तमान सरकारका सर्वाधिक विवादास्पद मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सहभागी थिए।

बैठकमा दुई दलबीच संसद्को गतिरोध अन्त्य गर्ने र पारित हुने क्रममा रहेका विधेयकहरूलाई टुंगोमा पुर्‍याउने लगायतका विषयमा छलफल भएको छ।

उक्त बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू सहभागी थिए। सहभागी अन्य प्रमुख नेताहरूमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्का थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै