रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् । उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नीलो रिबन लगाएर विरोध गर्ने कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए ।

यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै