देशभित्र भविष्य खोज्ने अभियान तीव्र बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्।

कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू समेटिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालमा अपार सम्भावना हुँदाहुँदै पनि धेरै युवाले विदेशमै भविष्य खोज्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

“भूगोलका हिसाबले देश सानो भए पनि हामी प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले सम्पन्न छौं,” मन्त्री पौडेलले भने, “त्यसैले हामीले आफ्नो भविष्य देशभित्रै खोज्नुपर्छ।”

पौडेलले विदेशमा आर्जन गरेको सीप र पुँजीलाई नेपालमै प्रयोग गर्न सके मुलुक छिट्टै समृद्धिको दिशामा अघि बढ्न सक्ने उल्लेख गरे। उनले विदेश गएर सिकेका दक्षता तथा अनुभवलाई स्वदेशमै उपयोग गर्न सबैलाई आग्रह गरे।

यद्यपि, उनले आजको युगमा पूर्ण रूपमा देशभित्र सीमित रहेर मात्र सम्भावना खोज्न सकिने अवस्था नरहेको भन्दै अन्तरराष्ट्रिय सञ्जाल, अध्ययन, श्रम र व्यवसायको आवश्यकतालाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने बताए।

पुस्तक विमोचनको प्रसङ्गमा उनले भने, “यस पुस्तकमा देखाइएका कोरियाली अनुभवले नेपाली युवालाई पनि उत्प्रेरणा दिन सक्छ कि विदेशबाट फर्किएर आफ्नो देशमा के गर्न सकिन्छ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै