सांसद घिमिरेको रास्वपामाथि प्रश्न: ‘पाँच मुद्दा खेपिरहेका  लामिछानेलाई सभापति बनाउने नैतिकता के हो ?’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि नैतिकताको प्रश्न उठाउँदै पार्टी सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाहरूलाई लिएर कडा आलोचना गरेका छन् ।

आइतबार रास्वपा र राप्रपाको विरोधका बाबजुद सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् ।

‘नैतिकताको पाठ आफैँबाट सुरु गरियोस्’

सांसद घिमिरेले रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको स्मरण गराए । त्यसपछि उनले रास्वपालाई प्रश्न गरे, “राजीनामा माग्ने साथीहरूले पाँचवटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराधको मुद्दा खेपिरहेका, सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?”

उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुधार सुरु गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै