भ्रातृ संगठनमा तोडिन थाल्याे अध्यक्ष ओलीको आदेश

काठमाडाैँ । नेकपा एमालेका भ्रातृ संगठनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आदेश तोडिन थालेको छ ।  किर्तिपुरमा जारी रहेको अनेरास्ववियुको २४ औँ महाधिवेशनले निर्वाचनबाट नयाँ नेतृत्वको माग गरी बन्दसत्र हल नै गुञ्जयमान बनायो ।

जबकी, ओलीले सहमतिका आधारमा आफूले भनेको मान्नका लागि आदेश दिएका थिए । राष्ट्रिय युवा संघमा पनि उनको आदेश नमानी निर्वाचन भएको थियो । अनेरास्ववियुको अधिवेशनको बन्दसत्रमा प्रतिनिधहरूले नाराबाजी गरेपछि अवस्था निर्वाचनतिर पुगेको बताइएको छ ।

अध्यक्षमण्डलले अनेरास्ववियु अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरेपछि नाराबाजी भएको हो । अध्यक्ष पदमा कडरियासँगै दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटीले आकांक्षा राखेका छन् ।

आकांक्षीहरूबीच सहमतिको प्रयास असफल भएपछि अध्यक्षमण्डलले अध्यक्षमा कडरियाको नाम हलमा प्रस्ताव गरेको थियो । अध्यक्षमण्डलले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामीलाई प्रस्ताव गरेको थियो ।

लगत्तै हलमा ‘वी वान्ट इलेक्सन’ भन्दै नाराबाजी भएको छ  । जबकि सोही महाधिवेशन उद्घाटनका क्रममा ओलीले आन्तरिक लोकतन्त्रका नाममा निर्वाचन मात्र नहुने भनी प्रवचन दिएका थिए ।

यसअघि युवा संघमा पनि सहमति नहुने भनी क्षितिज थेवेसँग सुमन पुरीले अध्यक्षमा प्रतिस्पर्धा गरे । जहाँ थेवे निर्वाचित भए पनि पुरीले सम्मानजनक मत ल्याएका थिए  ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै