दुई गुणाले बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ ले वृद्धि गरिएको छ ।

साविकमा प्रतिलिटर १२७ रहेको आन्तरिकतर्फको हवाई इन्धन वृद्धिपछि प्रतिलिटर २५१ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । परिमार्जित मूल्यअनुसार काठमाडौंमा प्रतिलिकिलोटर ९६६ अमेरिकी डलर रहेकोमा वृद्धिपछि अब एक हजार ७८५ अमेरिकी डलर पुगेको छ ।

अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य कायम राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै