नेपाल वायुसेवाले काठमाडौँ–दिल्ली सेक्टरमा उडान थप्ने: अब हप्तामा १० उडान हुने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा आफ्नो उडान सेवा विस्तार गरेको छ। यात्रुको बढ्दो चाप र मागलाई सम्बोधन गर्न निगमले उडान संख्या थप गर्ने निर्णय गरेको हो ।

हाल यस रुटमा निगमले आरए २१७/२१८ (RA 217/218) मार्फत दैनिक एक उडान भर्दै आएको थियो । नयाँ व्यवस्था अनुसार अब आरए २०५/२०६ (RA 205/206) बाट हप्ताको थप तीन दिन उडान सञ्चालन हुनेछ ।

यससँगै अब नेपाल वायुसेवाले काठमाडौँ र दिल्लीबीच हप्तामा कुल १० वटा उडान भर्ने सुनिश्चित भएको छ । निगमले यो विस्तारले दुई देशबीचको यात्रा अझ सहज र सुलभ हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै