सन् २०२५ मा १५ लाख नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ । नेपालबाट सन् २०२५ मा १५ लाखभन्दा धेरै नेपाली विदेशिएका छन् । सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यस अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ ।

‘विदेशी नागरिक अधिकांश घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्छन्,’ निर्देशक ढकालले भने, ‘नेपालीहरु भने, ‘नेपालीहरू अध्ययनसँगै रोजगारीका लागि विदेशीने गरेका छन् ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै