रुपन्देही । मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा ओमबहादुर खाम्चा मगर दुई लाख रकम घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । जग्गा सरजमिन गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेपछि उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सूचना अधिकारी कमला घिमिरेले जानकारी दिएकी छन् ।