सिरहाका मेयर नवीन यादवविरुद्ध पक्राउ पुर्जी जारी, कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोप

काठमाडौँ । सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवविरुद्ध कुटपिट र अभद्र व्यवहारको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ । नगरपालिकामा कार्यरत एक कर्मचारी (कार्यालय सहयोगी) माथि कार्यकक्षमै हातपात गरेको उजुरीपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो।

प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर डा. यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।

उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । पीडित कर्मचारीको हाल विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

कानुनी कारबाहीको प्रक्रिया

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ अनुमति प्राप्त भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (SP) बासुदेव पाठकले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ । घटनापछि स्थानीय कर्मचारी र पीडित पक्षले दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

पक्राउ पुर्जी जारी भएपछि मेयर यादव फरार

पक्राउ पुर्जी जारी भएको थाहा पाएसँगै सिरहा नगरपालिकाका मेयर डा। नवीनकुमार यादव फरार भएका छन् । सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले पक्राउ पुर्जी भएपछि मेयर यादवको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

नगर प्रमुख डा. यादवले गत सोमबार हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । सोही घटनामा मेयर यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिएको हो ।

कुटपिटबाट शरीरका विभिन्न भागमा पनि चोट पटक लागेको प्रहरीले जनाएको छ । यादवको विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै