काठमाडौँ महानगरद्वारा १४ हजार विद्यार्थीको मुटु रोग परीक्षण अभियान सुरु

चन्द्रागिरि । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकामा जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी/सीएचडी स्क्रीनिङ) गर्ने अभियान सुरु गरेको छ ।

महानगरको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठान सँगको सहकार्यमा ४१ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। साथै ३२ वडाका १५ स्थानमा महिलामाझ मुटुरोगसम्बन्धी सचेतना कार्यक्रम ‘गो रेड फर वुमेन’ समेत सञ्चालन गरिनेछ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. का अनुसार बालबालिकामा देखिने यस्ता रोग समयमै पहिचान गर्न सके सरल र प्रभावकारी उपचार सम्भव हुने बताए। उनले ढिलो पहिचान हुँदा महँगो उपचारको आवश्यकता पर्ने र परिवारमा आर्थिक भार थपिने भएकाले पूर्व परीक्षण आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमबाट प्राप्त हुने तथ्याङ्कका आधारमा आगामी स्वास्थ्य योजना तथा कार्यक्रमहरू तर्जुमा गरिने महानगरले जनाएको छ ।

यस पहललाई सराहनीय बताउँदै प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठले यसले धेरै परिवारलाई प्रत्यक्ष लाभ पुग्ने र बालबालिकाको जीवनरक्षा तथा स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान गर्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै