सर्वोच्चकाे आदेशपछि दुर्गा प्रसाईं छुटे

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतको मंगलबारको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईं आवश्यक प्रक्रिया पूरा भएपछि आज छुटेका हुन् । उनीमाथि लगाइएको आरोप र पक्राउको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको पक्षमा आदेश जारी गरेको थियो । प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनी सोही दिन रिहा हुन नसकी बुधबार मात्रै मुक्त भएका हुन् ।

निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै