काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार दिउँसो हल्का वर्षा भएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले त्यसको प्रभावस्वरुप वर्षा भएको बताइएको छ । काठमाडौँ, भक्तपुरर ललितपुरमा समेत बदली भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। सोहीअनुसार काठमाडौँको मौसम पनि धुम्म छ ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।