९ निर्माण कम्पनी कालोसूचीमा, ६ महिनादेखि १ वर्षसम्म ठेक्का भर्न नपाउने

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले नियम उल्लङ्घन गरेको ठहर गर्दै ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा समावेश गरेको छ ।

विभिन्न सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णय गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार कारबाही अघि बढाएको जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि. तथा अग्रिम–लङभिजन–धनलक्ष्मी जे.भी. लगायत रहेका छन्।

कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार कालोसूचीमा परेका ती व्यवसायी तथा आपूर्तिकर्ताहरू तोकिएको समयावधिसम्म देशभरका कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

May be an image of text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै