काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–१७, धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकैको सडक पेटीमा अन्दाजी ६० वर्षीय एक पुरुष मृत फेला परेका हुन्। ती व्यक्तिको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।

यसैगरी, कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा पनि अर्का एक व्यक्तिको शव भेटिएको छ। अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको र उनको पनि पहिचान खुल्न बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले जानकारी दिए।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको प्रवक्ता काफ्लेले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै