काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित ब्ल्याक हाउस डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ।
बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
काठमाडौं महानगरबाट चार वटा दमकल पठाइएको थियो । क्लबको भान्छाबाट आगलागी भएको अनुमान छ । क्षति विवरण आइसकेको छैन ।