जमलमा ३ सवारी ठोक्किए, मोटरसाइकल चालक घाईते

काठमाडौँ । काडमाण्डौको जमलमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका छन्। मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले दिएका जानकारी अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो ।

प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। घाईतेलाई उपचारको लागि ट्रमा सेन्टर लगेको एसपी भट्टराईले बताए । घाइतेको अवस्था सामान्य रहेको छ ।

 

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै