काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ जनामध्ये दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहराले बताए ।
उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
गम्भीर घाइते तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । एसपी बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनापछि घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । बाँकी तीन जनाको अवस्था स्थिर रहेको र उनीहरूको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।