काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१३ मिनेट जाँदा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।