काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु रहने छ ।
कोशी, मधेस र बागमती प्रदेशका तराई भागमा बिहान केही समय तथा बाँकी तराई भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने छ ।
आज राति तराई भागका अधिकांश स्थानमा हुस्सु रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने छ ।