काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उभोक्ता महासंघ नेपालको बैठक बसेर संघर्षका कार्यक्रम तय गरेको छ ।
महासंघका अध्यक्ष खेमराज वलीसहितका पदाधिकारीले सोमबार खानेपानी मन्त्रालयका सचिव राम आधार साह, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर कमलराज श्रेष्ठलाई ११ बुँदे ध्यानकर्षणपत्र बुझाएको हो ।
महासंघले खानेपानी संस्था करमुक्त हुनुपर्ने, विद्युत महशुल छुट हुनुपर्ने, ऋणको ब्याज घटाउनुपर्ने लगायत ११ बुँदे माग राखेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पछिल्लो समय महासंघले खानेपानी क्षेत्रमा देखिएका समस्यालाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री लगायत राज्यका निकायलाई आफ्ना माग राखेर दबाब दिँदै आएको अध्यक्ष वलीले बताए ।
