विपीन जोशीको शव आज सोमबार नेपाल ल्याइँदै

काठमाडौँ । इजरायल र हमास लडाकु समूहबीचको युद्धकाक्रममा मारिएका नेपालका विपीन जोशीको शव आज सोमबार स्वदेश ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् आज दिउँसो काठमाण्डौ ल्याउन लागिएको हो ।

विपीनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । अध्ययनका लागि इजरायल पुगेका जोशी सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक भएको र त्यसपछि अवस्था थाहा हुन नसकेकोमा गएको असोज २७ मा इजरायली अधिकारीले ज्यान गएको बताएका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपीनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । उहाँको शव नेपाल ल्याउनुअघि इजरायलको राजधानी तेल अवीवमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । काठमाण्डौबाट नेपाली सेनाको समन्वयमा विपीनकाे शव घरसम्म पुर्‍याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै