केयूमा सूचना प्रविधि केन्द्र स्थापना

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको छ ।

विश्वविद्यालयले उक्त केन्द्रसँगै मोवाइल एप ‘केयु–कनेक्ट’ समेत सञ्चालनमा ल्याएको छ । उक्त केन्द्रमा जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्न, राष्ट्रिय एआई नीति कार्यान्वयन, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रुपरेखा विकास गर्न तथा भूकम्प, महामारी, बाढीजस्ता आपतकालीन अवस्थामा सहयोग–प्रणाली विकास गर्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकारी दिए ।

उनका अनुसार विश्वविद्यालयले स्थापना गरेको मोबाइल एप ‘केयु कनेक्ट’ले विद्यार्थीलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्वन्धी जानकारीमा सहज पहुँच प्रदान गर्ने छ ।

यस्तै विश्वविद्यालयको मोबाइल एपमा विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्कालै पहुँच पुग्नुका साथै विश्वविद्यालयका समाचार, परीक्षा परिणाम तथा कार्यक्रम, पठनपाठन सम्बन्धी विवरण, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोधलगायतका सेवा उपलब्ध गराइएको छ ।

उनले भने, “उक्त एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा, आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिका लगायतका विषयमा सहजता ल्याउने छ ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै