तिहारको मौसम: पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा सफा रहने

काठमाडौँ । नेपालको दोस्रो ठूलो चाड तिहार (कात्तिक ३ देखि ६ गतेसम्म) मा मौसम सामान्यतया अनुकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, पश्चिमी वायुको आंशिक प्रभावले पहाडी र हिमाली क्षेत्रमा भने फाटफुट वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, तराई तथा देशका अधिकांश भूभागमा भने मौसम प्रायः सफा रहने भएकाले तिहारको रमझममा खासै बाधा नपुग्ने अपेक्षा गरिएको छ ।

तिहार अवधिभरको मौसम विवरण (कात्तिक ३ देखि ६ गतेसम्म):

मिति पर्व क्षेत्रगत मौसमको सम्भावना
कात्तिक ३ लक्ष्मीपूजा पहाडी भूभागमा आंशिक बदली । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा को सम्भावना । बाँकी क्षेत्र सफा ।
कात्तिक ४ गाइतिहार/औँशी पहाडी भूभागमा आंशिक बदली । कोशी, गण्डकी र कर्णालीका एक–दुई स्थानमा फाटफुट वर्षा । अन्यत्र मुख्यतया सफा ।
कात्तिक ५ गोवर्द्धन पुजा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली । कोशी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात को सम्भावना । बाँकी भूभाग सफा ।
कात्तिक ६ भाइटीका कोशी, मधेस र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली । सबै प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना । तराईमा प्रायः सफा ।

महाशाखाले कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरले उच्च पहाडी र हिमाली क्षेत्रमा केही बदली आउने बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै