सप्तरीमा गोली प्रहार गरी ७३ वर्षीय पुजारीको हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका-८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको आज (आइतबार) बिहान गोली प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन् ।

घटनास्थल र अनुसन्धान:-

-पुजारी साह गाउँको पूर्वतर्फ रहेको मन्दिर नजिकै कुटी बनाएर एक्लै बस्दै आएका थिए ।

-अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पछाडिबाट (पिठ्युँमा) गोली प्रहार गरेको मृतकका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।

-घटनास्थलबाट प्रहरीले दुई वटा गोलीका खोका फेला पारेको छ ।

-स्थानीयले खबर गरेलगत्तै काचनलीस्थित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली घटनास्थल पुगी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

-हत्यापछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

-प्रहरीले हत्याराको खोजीका लागि सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै