धादिङको धार्केमा पिच सडकमा तारबार, स्थानीयद्वारा विरोध

धादिङ । धादिङको धार्के सडकमा स्थानीयले तारबार लगाएर विरोध जनाएका छन्। सडक विभागले निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरेको भन्दै नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीको नेतृत्वमा यो कार्य गरिएको हो।

अध्यक्ष सायमीले धादिङको धुनिबेसी नगरपालिका-५ मा पर्ने बिमला महर्जनको करिब ४ रोपनी जग्गामा मापदण्ड विपरीत पिच गरिएकोले उनलाई न्याय दिलाउन तारबार लगाइएको बताएका छन्। उनले विकासको नाममा पुर्ख्यौली सम्पत्ति कब्जा गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गरेका छन्।

सडकमा तारबार गर्ने कार्यक्रममा परिषदका अध्यक्ष सायमी, हलिं नेवा: गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै