घर-टहरा आदि संरचना बनाउनु अघि अनिवार्य रुपमा नक्सा पास गरौँ : टोखा नगरपालिका

(क)विविध सूचना/संदेश/जानकारी

१. घर-टहरा आदि संरचना बनाउनु अघि अनिवार्य रुपमा नक्सा पास गरौँ ।

२. सवै नगरवासीहरुले आफ्नो टोल, चोक गल्ली, वाटोघाटोका साथै सार्वजनिक जग्गा, मठ-मन्दिर, पाटी-पौवा, नदीनालाहरु र अन्यसार्वजनिक स्थलहरुको संरक्षण गरौं ।

३. सार्वजनिक स्थलहरुमा जथाभावी फोहर नगरौं । वातावरण जोगाऔं ।

४. नगरपालिकालाई वुझाउन पर्ने सवै खालका करहरु-सम्पति कर, वहाल कर, मालपोत तथा भूमिकर, व्यावसाय कर लगायत अन्य सवै किसिमका कर तथा दस्तुरहरु) समयमानै तिरी कर छुटको सुविधा उपयोग गरौँ र सभ्य नागरिकको परिचय दिऔं।

५. नगरपालिका क्षेत्र भित्र व्यवसाय गर्ने सवै प्रकारका व्यावसायीहरुले अनिवार्य रुपमा आफ्नो व्यावसाय वडा कार्यालय/ नगरपालिकामा अनिवार्य रुपमा दर्ता गरेर मात्र व्यवसाय संचालन गरौं ।

६. आफ्नो घर कम्पाउण्ड वाट निस्कने फोहोरलाई फोहोर संकलनको गाडी आएपश्चात मात्र फोहोर घर वाहिर निकालौं । स्वच्छ वातावरण निर्माणमा सहयोग गरौं ।

७. सडकमा निर्माण सामाग्री, व्यावसाय जन्य ठेलागाडा नराखौं; अव्यवस्थित पार्किङ् नगरी सडक अतिक्रमण हुनवाट रोकौं।

८. सडकमा पैदल यात्रीलाई पहिलो प्राथमिकता दिऔं ।

९. कुनै पनि किसिमको व्यक्तिगत घटनाहरु (जन्म, विवाह, वसाईसराई, सम्वन्ध विच्छेद र मृत्यू) घटना घटेको ३५ दिन भित्र वडा कार्यालयमा अनिवार्य रुपले दर्ता गर्ने गरौं ।

१०. नगरपालिकाको हरेक विकास निर्माणका कार्यहरुमा सवै नगरवासीले सहयोग गरौं ।

११. कुहिनेफोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गरौँ।

१२. बहालमा बस्ने व्यक्तिहरुको व्यक्तिगत विवरण अनिवार्य रुपमा घरधनीले राख्ने गरौं ।

१३. बालबालिकाहरुलाईविद्दुतीयसामाग्री देखि टाढा राखौं ।

१४. विद्यालय जाने सबै उमेरका वालवालिकाहरुलाई अनिवार्य विद्यालय भर्ना गरौँ ।

१५. घर, परिवार, टोल, विद्यालय र समुदायले बालबालिकाको हितमा कार्य गर्दै नगरलाई बालमैत्री बनाउन सहयोग गरौँ ।

१६. आफ्ना बालबालिकाहरुलाई उपयुक्त समयमा नै खोप लगाई सम्भावित रोगबाट बचौं । पूर्ण खोपयुक्त नगर बनाउन सहयोग गरौँ ।

१७. ट्राफिक सिग्नल र नियमको पालना गरौँ, तिब्र गतिमा सवारीसाधन नचलाऔँ, पैदलयात्रीलाई पहिलो प्राथमिकता दिऔँ ।

 

(ख) घटना दर्ता सम्बन्धी:

-घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नि:शुल्क घटना दर्ता गरौँ । सबैको व्यक्तिगत घटना दर्ता अनलाईन गरौँ ।

-३५ दिन कटे पश्चात रू. ५०० शुल्क लाग्नेछ ।

-घटना दर्ता कसले गर्ने वा सूचक को हुने ?

-जन्म तथा मृत्यु दर्ता एका-परिवारको नागरिकता लिएको व्यक्ति

-विवाह दर्ता दुवै पति-पत्नी

-सम्बन्ध-विच्छेद -अदालतको निर्णय सहितको पति/पत्नी

-बसाई-सराईको हकमा एका-परिवारको नागरिकता लिएको व्यक्ति

घटना दर्ताले हुने फाईदाहरु:

-प्रमाणपत्रको कानूनी मान्यता हुने भएकोले जुन्सौक्कै अड्डा-अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिने

-आमा, बाबु, उमेर, आदिको बैधानिक प्रमाण हुने स्कुलमा भर्ना हुनको लागि सजिलो पार्ने नागरिकता प्रमाणपत्र लिन सजिलो हुने

-नाता कायममा सहज हुने

-चल अचल सम्पति नामसारी गर्न सजिलो पर्ने

-पति पत्निविच वैधानिक सम्बन्ध कायम हुने

-जीवन विमा, पेन्सन, उपदान वा बैंकबाट रकम भुक्तानमा सुविधा हुने

-विदेश जानको लागि भिसा प्राप्त गर्न सुविधा हुने, आदि

(ग) सामाजिक सुरक्षा भत्ता:

-सा.सू.भत्ता ज्येष्ठ नागरिक, असहाय एकल महिला, लोपोन्मुख जाति, अपांगता भएका नागरिक तथा लक्षित बालबालिकालाई उपलब्ध गराईन्छ ।

-एक व्यक्तिले एक लक्षित समूहबाट मात्र भत्ता प्राप्त गर्न सक्दछन् । एउटै व्यक्तिले दोहोरो सुबिधा लिनु गैर कानूनी हो ।

-सार्वजनिक पदमा नियुक्त, निर्वाचित, मनोनित तथा निवृत्तिभरण पाईरहेको नागरिकलाई उपलब्ध हुँदैन र लिन पनि हुँदैन

(घ) वातावरण तथा विपद सम्बधि:

-बजार जांदा कपडाको झोला लिएर जाऔं, प्लास्टिक झोला प्रयोग नगरौं

-सकेसम्म कम प्याकेजिंग भएका वस्तुहरुको प्रयोग गरौँ

-कुने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाडामा जम्मा गरौँ, कुहिने फोहोरलाई घरमै कम्पोष्ट बनाऔं

-जथाभावी फोहोर नफालौं, सकेसम्म समानलाई पुनः प्रयोग गर्ने बानि बसालौं

-प्रत्येक टोल विकास संस्थाहरुले साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम गरी सबैलाई सहभागी बनाऔं

-नगर क्षेत्रभित्र हर्नको प्रयोग कम गरी ध्वनि प्रदुषणलाई निस्तेज गरौँ

-सडेगलेका, मिति पुगेका सामग्री वेचविखन गर्ने काम नगरौं

-पशु चौपाया खुला र छाडा नछोडौँ

-आगोजन्य विपदका घटना हुन नदिन सबैजना सतर्क होऔं

-घरमा आगोजन्य सामग्रीहरुको प्रयोग पछि राम्रोसंग व्यवस्थापन गरौँ

-ग्याँस सिलिन्डर र रेगुलेटरको समयसमयमा जाँच गरौँ, सिलिन्डर सुरक्षित र खुल्ला ठाउँमा राखौं

-पेट्रोल, डिजेल र मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थ सुरक्षित स्थानमा भण्डारण गरौँ

-विद्दुतिय तार जाँच गरौँ, क्षमता भन्दा अधिक विद्दुतीय सामग्री प्रयोग नगरौं

-लाइटर, मैनबत्ति, सलाई जस्ता आगोजन्य समाग्री बालबालिकाको पहुँचबाट टाढा राखौं

(ङ) स्वास्थ्य:

-आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गई निशुल्क खोप र भिटामिन दिऔं

-गर्भवती महिलाले नियमित गर्भ परिक्षण गरौँ

-खानेपानी उमालेरमात्र पिउने बानी बसालौ

-व्यक्तिगत सरसफाईमा ध्यान दिऔं

-२० वर्ष पुगेपछि मात्र विवाह गरौं

(च) शिक्षा:

-आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाऔँ

-आफ्ना बालबालिकालाई विद्यालय drop out लाई निरुत्साहित गरी शत प्रतिशत शाक्षर बनाऔँ

-विविध कारणले विद्यालय जान नसकेका व्यक्तिहरुले बैकल्पीक विधालयमा पठन-पाठन गरी साक्षर बनौँ

-बालश्रम मुक्त समाजको विकास गरौँ

(छ) आवास:

-घर-टहरा आदि संरचना बनाउनु अघि अनिवार्य रुपमा नक्सा पास गरौँ ।

-भवन मापदण्ड संहिता अनुसारमात्र घर निर्माण गरौँ

-सार्वजनिक स्थानको अतिक्रमण नगरौँ

-स्वीकृत बेगर घरको निर्माण नगरौं

-भूकम्प प्रतिरोधात्मक संरचना र आवास निर्माण गरौँ

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै