भाटभटेनीले गोमा श्रेष्ठलाई एमबीबीएससम्मको पढाइ खर्च बेहोर्ने

काठमाडौँ । इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउन सफल गोमा श्रेष्ठलाई भाटभटेनीले एमबीबीएससम्मको अध्ययन गराइदिने भएको छ ।

डाक्टर बन्ने सपना बोकेकी गोमाको संघर्षपूर्ण कथा सुनेपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले उनलाई कार्यालयमा बोलाएर यो घोषणा गरेका हुन् ।

भाटभटेनीले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने वाचा गरेको छ। योसँगै गोमालाई नगद १ लाख रुपैयाँ, एउटा ल्यापटप र सम्मानपत्र समेत प्रदान गरिएको छ ।

“भाटभटेनीमा हामी सपना देख्न सक्ने हरेक युवाको साथ दिन विश्वास गर्छौं । उहाँको यो यात्रा अब सुरु भएको मात्र हो र हामी गर्वका साथ साथमा छौं,” अध्यक्ष गुरुङले गोमालाई सम्मान गर्दै भने । भाटभटेनीले यसअघि पनि धेरै विद्यार्थीलाई अध्ययनमा सहयोग गर्दै आएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा बस्दै आएकी गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याएकी हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै