विद्यार्थीमाझ लोकप्रिय बन्दै मिड भ्याली कलेज: शिक्षामा विज्ञान र प्रविधिको अधिकतम प्रयोग

भक्तपुर। नयाँठिमी भक्तपुरमा रहेको मिड भ्याली कलेज नवीनता, रचनात्मकता र अर्थपूर्ण विश्वव्यापी सहकार्यमार्फत अगाडि बढ्दै विद्यार्थीमाझ लोकप्रिय बनेको छ। कलेजले विद्यार्थीलाई सक्रिय रूपमा ज्ञान प्राप्त गर्न, सीप हासिल गर्न तथा २१ औँ शताब्दीका गतिशील चुनौतीको सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको छ।

विद्यार्थीलाई समावेशी सिकाइ वातावरण प्रदान गर्न समर्पित मिड भ्याली कलेजको मुख्य लक्ष्य भनेको उनीहरूलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउनु हो। कलेजले शिक्षण सिकाइका क्रममा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आएको छ। गुणस्तरीय शिक्षा मात्र नभई सिक्ने जोश पनि जगाउने एक राम्रो सिकाइ प्लेटफर्म बन्न मिड भ्याली सफल भएको छ।

विविध संकाय र विद्यार्थी-केन्द्रित शिक्षण विधि

विज्ञान, प्रविधि, व्यवसाय र कानुनजस्ता क्षेत्रहरूमा विशेषज्ञताको आवश्यकतालाई महसुस गर्दै कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा शिक्षा प्रदान गरिरहेको छ। कलेजले समूह सिकाइ, समूह परियोजना, नवप्रवर्तन, अन्वेषणात्मक गतिविधि, नेतृत्व गतिविधि, आलोचनात्मक र रचनात्मक सोच, परियोजना कार्य लगायतका विद्यार्थी-केन्द्रित शिक्षण विधि तथा प्रविधिको प्रयोग गर्दै आएको छ। विद्यार्थीलाई फिल्ड भिजिटको व्यवस्था पनि गरिएको छ र जेहेन्दार विद्यार्थीका लागि आवश्यकताअनुसार छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ।

चिकित्सा, इन्जिनियरिङ, व्यवसाय व्यवस्थापन र कानुन क्षेत्रमा राष्ट्रको भविष्यको मेरुदण्डका लागि सपना, समर्पण र खोजको दृष्टिकोणका साथ कलेजले सफलता हासिल गरिरहेको कलेज व्यवस्थापकहरू बताउँछन्। शिक्षण सिकाइ अभ्यासमा नयाँ मानक थप्न र विश्वव्यापी तथा स्थानीय आवश्यकता पूरा गर्न शिक्षा लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट पहिचान बनाएका उद्यमीहरूको संयुक्त प्रयासमा कलेज स्थापना भएको हो।

विज्ञान, व्यवस्थापन र कानुन संकायमा शिक्षा प्रदान गर्ने नवीन निर्देशनात्मक र शैक्षिक अभ्यासका कारण यो कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको छ। युवा र जिज्ञासु दिमागको समग्र विकासका लागि सम्भावना उजागर गर्न र उनीहरूलाई भविष्यका सफल पेशेवर तथा देशका योग्य नागरिक बनाउन कलेज प्रतिबद्ध छ।

समग्र विकासमा जोड र सामाजिक उत्तरदायित्व

कलेजले विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी कार्यक्रम लगायत अन्य धेरै क्षेत्रमा अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मिड भ्यालीमा बौद्धिक तथा शैक्षिक जनशक्ति, संकाय सदस्य र कर्मचारी छन्। उनीहरूले हरेक चरणमा विद्यार्थीको समग्र विकासमा सहयोग गर्दै आएका छन्।

विद्यार्थीको क्षमता उजागर गर्न उच्चस्तरीय शिक्षा प्रदान गर्ने तथा विद्यार्थीको सफलताका लागि प्रतिबद्ध अनुभवी र हेरचाह गर्ने संकाय सदस्य रहेका कारण कलेज उत्कृष्ट बन्न सफल भएको छ। सहयोगी सिकाइ वातावरण रहेको यस कलेजमा रचनात्मकतालाई बढावा दिन तथा विद्यार्थीमा रहेका क्षमता तथा प्रतिभा प्रस्फुटन गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ। औपचारिक शिक्षासँगै अन्य विभिन्न कार्यक्रम पनि कलेजमा हुने गरेका छन्। विद्यार्थीको सहभागितामा विभिन्न क्लब तथा काउन्सिल गठन गरिएका छन्।

विद्यार्थीलाई सामाजिक भावना जगाउन तथा जिम्मेवार बनाउन समय-समयमा वृद्धाश्रम, बालआश्रम लगायतको भ्रमण गराउँदै आएको छ। यस्ता भ्रमणले विद्यार्थीलाई करुणा र सामाजिक उत्तरदायित्वको वास्तविक मूल्य सिकाउने गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै