रास्वपाका क्षेत्रीय सदस्य साइबर अपराधको आरोपमा पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन क्षेत्र नम्बर-३ का क्षेत्रीय सदस्य विष्णु पौडेललाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले उनलाई चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।

पौडेलमाथि परराष्ट्रमन्त्री आरजु देउवाका भाइ भूषण राणा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौजपूर्ण सामग्री पोस्ट गरेको आरोप छ। उनले गृहमन्त्री लेखकलाई ‘मानव तस्कर’को आरोप लगाउँदै उनको तस्बिर बिगारी फेसबुकमा पोस्ट गरेको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युत्तीय कारोबार ऐन–२०६३ को दफा ४७ अनुसारको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै