
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले भूम्या पूजाको अवसरमा भोलि आइतबार रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै असार १ गते मगर समुदायले विशेष पर्वका रूपमा मनाउने भूम्या पूजाका अवसरमा बिदा दिइएको जनाएको हो ।
प्रदेश राजपत्रमा यसअघि, २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार, भूम्या पूजाको दिन यी चार जिल्लामा बिदा दिने निर्णय गरिएको थियो ।