बिमा बोर्डले भुक्तानी नगरेपछि वीर अस्पतालमा स्वास्थ्य बिमा कटौती

काठमाडौँ । वीर अस्पतालले स्वास्थ्य बिमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बिमामार्फत एक पटकमा तीन महिनासम्म औषधि दिँदै आएको थियो ।

उक्त सेवालाई कटौती गर्दै अस्पतालले एक पटकमा उक्त औषधि एक महिनाका लागि मात्रै दिइने निर्णय गरेको हो । फागुन १ गतेदेखि उक्त नियम लागू हुने अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार बिमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नु परेको हो । अस्पतालले बिमामार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै