प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए ‘जय महाकाली, आयो गोर्खाली’ नामक गीत (भिडियो सहित)

काठमाडौँ । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप(हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् ।

बालेनले अन्य दुई गीत पनि चाँडै सार्वजनिक गर्दै छन् । आज आएको यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो ।

त्यही गीतलाई रि(मास्टर गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । भिडियोमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन् । गीतमा चाहिँ राष्ट्रिय एकता र देशप्रेम समेटिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै