शाहरुखको ‘किङ’ सन् २०२६ को डिसेम्बरमा रिलिज हुने, टिजरमा देखियो आक्रामक अवतार

मुम्बई । बलिउडका ‘बादशाह’ शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘किङ’ को रिलिज मिति र टिजर सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार यो मल्टिस्टारर फिल्म सन् २०२६ को डिसेम्बर २४ (क्रिसमसको पूर्वसन्ध्या) मा विश्वभरका सिनेमा हलमा रिलिज हुनेछ ।

टिजरमा शाहरुखको ‘दहशत’

शाहरुख खानले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत ४५ सेकेन्ड लामो दमदार टिजर सार्वजनिक गरेका छन्। टिजरको सुरुवातमा शाहरुख हिउँले ढाकिएको पहाडमा चिच्याइरहेको देखिन्छन्। लगत्तै सिसाको छत फोडेर गरिएको उनको एन्ट्री र रगतले लतपतिएको अनुहारसहितको संवादले दर्शकमाझ कौतूहलता जगाएको छ।

टिजरमा शाहरुख भन्छन्– ‘डर होइन, म दहशत हुँ !’

मल्टिस्टारर कास्ट र निर्माण

यो फिल्ममा शाहरुख खानसँगै पहिलो पटक उनकी छोरी सुहाना खान पर्दामा देखिनेछिन्। फिल्ममा रानी मुखर्जी, दीपिका पादुकोण र अभिषेक बच्चनको पनि मुख्य भूमिका रहनेछ। विशेष गरी अभिषेक बच्चन यस फिल्ममा शक्तिशाली ‘भिलेन’ को भूमिकामा देखिने चर्चाले बलिउड गर्माएको छ।

रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको ‘किङ’ लाई बलिउडको अहिलेसम्मकै ठूलो एक्सन फिल्ममध्येको एक मानिएको छ। यसअघि शाहरुखको जन्मदिनमा सार्वजनिक गरिएको टाइटल भिडियोले नै सामाजिक सञ्जालमा तहल्का मच्चाइसकेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै