
काठमाडौँ । गायक सुगम पोखरेलले तिहारको नयाँ गीत ‘भाइटिका’ सार्वजनिक गरेका छन् । गीतमा सुगमसँगै गायिका संगीता राणा प्रधान को स्वर रहेको छ । गीतमा शब्द र संगीत स्वयं सुगम पोखरेलकै छ भने संगीत संयोजन मोहित मुनाल ले गरेका छन् । गीतको रेकर्ड, मिक्स र मास्टरिङ अमृत विश्वकर्माले गरेका हुन् ।
भिडियोमा कलाकार शारदा लमिछाने र नमन एसजेबी राणा प्रमुख भूमिकामा देखिएका छन् भने बाल कलाकार प्रेशा शाहि ठकुरी ले मन छुने अभिनय गरेकी छन् । गीतको छायांकन दिनेश थापा र लोकेन्द्र सुब्बा ले गरेका हुन् ।
गीतको भिडियोमा दिदी–भाइबीचको आत्मीय सम्बन्ध, सम्झना र माया भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । यो गीत २२ घण्टा अघि सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो र अहिलेसम्म ३९ हजारभन्दा बढी पटक हेरिएको छ ।