आन्दोलनले रोकिएको ‘महाभोज’ शुक्रबारदेखि प्रदर्शनमा, अग्रिम बुकिङ खुला

काठमाडौँ । विभिन्न आन्दोलनका कारण प्रदर्शन मिति सरेको नेपाली चलचित्र ‘महाभोज’ आउँदो शुक्रबार (जेठ ३० गते) बाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदैछ । यसका लागि देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

यो चलचित्र दुई साताअघि नै रिलिज हुने तय भएको थियो, तर विभिन्न राजनीतिक तथा अन्य आन्दोलनका कारण प्रदर्शन सरेको हो । वितरकहरूका अनुसार, चलचित्रले प्रारम्भिक चरणमा करिब २०० शो प्राप्त गरेको छ ।

सकारात्मक प्रतिक्रिया र सहकारी पीडितको समर्थन

‘महाभोज’ को काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ, जहाँबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शोहरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका थिए । उनीहरूले आफ्नो दबिएको आवाजलाई यो चलचित्रले ठूलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरैभन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

कलाकार र निर्माण पक्ष

विकास सुवेदीले लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुरक्षा पन्त विशेष भूमिकामा छिन्।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै