चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सही छाप’ सार्वजनिक

काठमाडौँ । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप’ सार्वजनिक भएको छ ।

डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।

लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक सञ्जाल फेसबुकमा धेरै रुचाईएको थियो । ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै