सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि सोमबार भने एक तोला सुन २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार चाँदीको भाउ ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै