काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले बिहीबार निर्णय गर्दै रिक्त रहेका स्थानीय तहमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राकिंत तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई जिम्मेवारी दिएको हो ।
नयाँ सरकार गठनसँगै प्रशासनिक रिक्तता अन्त्य गर्ने योजनाअनुरूप संघीय मामिला मन्त्री प्रतिभा रावलको पहलमा यी कर्मचारीहरू खटाइएको हो ।
पदस्थापनका मुख्य विशेषताहरू:
कर्मचारीको स्रोत: जिम्मेवारी पाउने अधिकांश अधिकृतहरू यसअघि विभिन्न संघीय मन्त्रालय र विभागहरूमा कार्यरत थिए।
रिक्तता व्यवस्थापन: लामो समयदेखि निमित्तको भरमा चल्दै आएका गाउँपालिकाहरूले अब स्थायी प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
अघिल्लो चरण: यसअघि नै विभिन्न जिल्ला समन्वय समिति र नगरपालिकाहरूमा ६३ जना प्रमुख प्रशासकीय अधिकृतहरू खटाइिसकिएको मन्त्रालयले जनाएको छ ।
कहाँ को खटिए ?
मन्त्रालयको प्रशासन महाशाखाका अनुसार खटिएका ७८ जनामध्ये केही प्रमुख अधिकृत र उनीहरूको कार्यक्षेत्र यसप्रकार छ:






