काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलाको २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९२० मा कारोबार भएको थियो ।