काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सस्तियो
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।