काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले यस वर्षको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत आफ्ना विभिन्न शाखाहरू मार्फत विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
‘स्मार्ट मनी टक्स’ (Smart Money Talks) भन्ने यस वर्षको मूल नारालाई आत्मसात् गर्दै फाइनान्सले युवा तथा विद्यार्थीहरूलाई लक्षित गरी साक्षरता अभियान चलाएको हो ।
ग्लोबल मनी वीकका अवसरमा फाइनान्सले प्रभातफेरीका साथै विभिन्न विद्यालय, कलेज र संघ–संस्थाहरूमा बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय पहुँच र चेतनालाई प्राथमिकता दिँदै आयोजित यी कार्यक्रमहरूमा विभिन्न वर्गका सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो । फाइनान्सले यो साताभरि नै आफ्ना २८ वटा शाखाहरूबाट विभिन्न अर्थमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ ।
फाइनान्सको बजार अवस्था र सेवा:
हालसम्म करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन र २०.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस मन्जुश्री फाइनान्सले १ लाख ८७ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले २८ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
आधुनिक डिजिटल बैंकिङलाई आत्मसात् गर्दै मन्जुश्री फाइनान्सले यसअघि नै आफ्ना ग्राहकहरूका लागि ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ (Manjushree Virtual Credit Card) को सेवा समेत सुरु गरिसकेको छ ।