चुनावपछि खपत घटेकाले अण्डाको मूल्य सस्तियो

काठमाडौँ । चुनाव अघि बढेको अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि बजारमा लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।

अण्डाको मूल्य क्रेटमा ४० रुपैयाँसम्म घटेको छ । संघले तोकेको नयाँ मूल्य अनुसार एक्स एल अण्डा क्रेटमा ४० रुपैयाँ घटेर क्रेटको ४५५ रुपैयाँमा आइपुगेको छ ।

ठुलो अण्डा क्रेटमा ३५ रुपैयाँ घटेर ४४० रुपैयाँ र मिडियम अण्डा क्रेटमा ३५ रुपैयाँ घटेर प्रति क्रेट ४१० रुपैयाँ आइपुगेको छ । यस अघि अण्डाको एक्स एल अण्डाको मूल्य क्रेटमा ४९५ रुपैयाँ थियो । ठुलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम अण्डा ४४५ रुपैयाँ थियो ।

चुनाव पछि अण्डा खपत कम हुँदा भाउ घटेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। चुनावअघि खपत बढ्दा दैनिक उत्पादन अपुग हुँदा भाउ बढेको थियो ।

हाल दैनिक ५० लाख गोटा भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । संघले काठमाडौं, धनगढी, नेपालगंज, दाङ, पोखरा बागलुङ, झापा, मोरङ र सुनसरीको वस्तुगत अवस्था अनुसार भाउ घटाएर तोकेको बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै