सुनको मूल्य स्थिर रहँदा चाँदीमा १३० रुपैयाँको वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार (फागुन १३ गते) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला १३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै