सुन प्रतितोला ३ लाख १३ हजार नाघ्यो, एकैदिन ३,२०० रुपैयाँको वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा सोमबार पनि उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार (फागुन ११) सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो।

नयाँ मूल्य निर्धारण भएसँगै छापावाल सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार मात्रै सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको थियो। दुई दिनमै सुनको मूल्य ८ हजार ८०० रुपैयाँले बढिसकेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। सोमबार चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै