काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो ।
बिहीबार सुन तोलामा ४ हजार ०० रुपैयाँले बढेर ३ लाख ४ हजार सात ०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेर तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।