काठमाडौँ । जनकपुरमा आयोजित सभामा पूर्वउपसभापति विमलेन्द्र निधि पनि सभापति गगन थापासँगै उभिएका छन् । निधि धनुषा-३ बाट उम्मेदवार छन् । कांग्रेसको जनकपुर सभा जारी छ ।
जनकपुर सभालाई कांग्रेसले प्रतिज्ञा सभा भनेको छ । यही सभाबाट कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो दलको घोषणापत्र सार्वजनिक गर्दैछ ।
कार्यक्रममा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भूसाल लगायतका पदाधिकारी र पूर्वपदाधिकारीसँगै मधेस प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारीहरू सहभागी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपसभापति निधिले मधेसका सम्पूर्ण जनताले रूखमा मतदान गरी सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन अपिल गरे । उनले अहिले संविधान, लोकतन्त्र र संघीयतालाई जोगाउन पनि आम नागरिकले कांग्रेसलाई मतदान गर्नुपर्ने बताए ।
अहिले अधिकार र विकास दुइटा कुरा नै जनताको मुख्य माग भएको र यसमा कांग्रेसले धेरै अगाडिदेखि काम गरेको बताए ।