मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै