डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार भाउ बढेर आएकाले आइतबारदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

समायोजित मूल्यअनुसार अब डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १३९ रुपैयाँ (काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रमा) कायम भएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

यसैगरी, निगमले हवाई इन्धनको मूल्यमा भने कटौती गरेको छ । आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोमिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

May be an illustration of text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै